रामेछापमा बोलेरो दुर्घटना, ३ जनाको मृत्यु, १ गम्भीर घाइते

होमल्याण्ड खबर

२०७८ भाद्र ३१ गते, बिहीबार १३:२६ मा प्रकाशित

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर–६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरी जनाएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको छन् ।

ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ । अर्का एक जनाको भने पहिचान खुलेको छैन । घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन् । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।