नेपालमा थप १५११ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ भाद्र ३१ गते, बिहीबार १७:२७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा१ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामाअवधिमा १ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेका छन् । जसमध्ये २४ हजार २२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४०७ जना आईसीयू र १२८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।