४ जेष्ठ २०८३, सोमबार
जल तथा मौसम विज्ञान विभागले आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ ।


विभागले गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्यासहितको वर्षा हुने सम्भावना रहेको छ ।
विभागले वर्षाको समयमा पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
यस्तै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।