संखुवासभाको सामूहिक हत्याकाण्डमा संलग्नको आशंकामा थप चार जनामाथि अनुसन्धान

होमल्याण्ड खबर

२०७८ आश्विन ३ गते, आईतवार १२:५६ मा प्रकाशित

 संखुवासभाको मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जनामाथि अनुसन्धान सुरु गरेको छ । एकै परिवारका ६ जनाको हत्या गरेको स्वीकारेका लोकबहादुर कार्कीको बयानको आधारमा थप चार जनामाथि अनुसन्धान सुरु भएको हो ।

प्रहरीले उनिहरुको नाम भने खुलाएको छैन । यसअघि लोकबहादुरका भाइ नरेशमाथि पनि प्रहरीले अनुसन्धार गरिरहेको छ ।

नरेशसंग मृतक रञ्जना कार्कीको मोबाईल फोन फेला पारेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । गत भदौ २१ गते बिहान तेजवहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो ।