राष्ट्र बैंकले दसैँका लागि आजदेखि नयाँ नोट सटही गर्ने

होमल्याण्ड खबर

२०७८ आश्विन ४ गते, सोमबार ०७:४५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आजदेखि दसैँका लागि नयाँ नोट सटही गर्ने भएको छ ।

 

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जानकारी दिए । प्रवक्ता ढकालले सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट साट्न पाउने बताए ।

उनले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने कताए ।

राष्ट्र बैंकले हरेक वर्ष दसैँमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।