९ मंसिर २०८१, आईतवार
कतार एयरवेज समूहले सन् २०२०/२१ को आफ्नो बार्षिक प्रतिवेदनमा कोरोनाभाइरस महामारीका कारण घाटा बेहोर्नु परेको बताएको छ । प्रतिवेदन मार्फत एयरवेजले विद्यमान कोभिड ९१९ महामारीको चुनौतिपूर्ण बर्ष र यसले विश्वब्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रवृत्ति र ट्राफिक तथा आम्दानीमा भएको ब्यापक घाटा देखाएको छ ।
कतार एयरवेज समूहले आफ्नो कूल घाटा कतारी रियाल १९/९ बिलियन (अमेरिकी डलर ४.१ बिलियन) देखाएको छ । यस मध्य कतारी रियाल ४ बिलियन (अमेरिकी डलर २.३ बिलियन)को कारकका रुपमा एयरलाइन्सको एयरबस ए३८० र ए३३० फ्लिट्सको ग्राउन्डिङ सम्बन्धी एक पटकको हानी शुल्क रहेको छ । महामारीका दौरान समूहले सञ्चालन घाटा कतारी रियाल १.१ बिलियन (अमेरिकी डलर २८८.३ मिलियन) रिपोर्ट गरेको छ ।
यो सन् २०१९/२० का तुलनामा ७ प्रतिशतले कम हो । साथै, समूहले पछिल्लो बर्षको कतारी रियाल ५ बिलियन ९अमेरिकी डलर १.४ बिलियन०का तुलनामा कतारी रियाल ६ बिलियन (अमेरिकी डलर १.६ बिलियन) का साथ ईबीआईटीडीएमा उल्लेखनीय सुधार हात पारेको छ । समूहको फ्राइट डिभिजन, कतार एयरवेज कार्गोले विश्वकै सबैभन्दा ठूलो कार्गो वाहकका रुपमा आफ्नो अग्रतालाई निरन्तरता दिँदै सन् २०२०/२१ मा आफ्नो बजार अझ विस्तारित गरेको छ ।
समूहको इतिहासमै अहिलेसम्मकै सर्वाधिक कठिन बर्ष झेले पनि आफ्नो बलियो व्यवसायिक आधार मार्फत एयरलाइनले आफ्नो सञ्जाल ३३ गन्तब्यबाट १ सय ४० भन्दा अधिक स्थानमा पु¥याएको छ । अबिडजान, कोट डीभ्वा, अबुजा, नाईजेरिया, अक्रा, घाना, ब्रिसबेन, अष्ट्रेलिया, हारारे, जिम्बाब्वे, लुआन्डा, एंगोला, लुसाका, जाम्बिया, शान फ्रान्सिस्को र सियाटल, यूएस गरी एयरलाइनले ९ नयाँ गन्तव्यमा आफ्नो उडान आरम्भ गरेको छ ।
समूहले अमेरिकन एयरलाइन्स, एयर क्यानाडा, अलास्का एयरलाइन र चाइना साउदर्न एयरलाइन्स लगायत प्रमुख एयरलाइन्ससँग नयाँ रणनैतिक साझेदारी विस्तारको महत्वकांक्षामा पनि उल्लेख्य प्रगति गरेको विवरण सार्वजनिक गरेको छ ।