३ जेष्ठ २०८३, आईतवार
पछिल्लो २४ घण्टामा नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा ११ हजार ५८२ जनामा पीसीआर र ४ हजार ४६० जनामा एमान्टिजेन गरी कुल १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये हालसम्म ७ लाख ७१ हजार ३३८ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ भने हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।

