१० मंसिर २०८१, सोमबार
चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो ।
चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो । चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जनत ४ रनमा अविजित रहे । पोखराका नन्दन यादवले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो ।
पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए । लोकेश बम ५,सहन अर्चाचिगे ३, बिक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए । कप्तान विनोद भण्डारी र नन्दन यादव सुन्य रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।
पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४र४ विकेट लिए । सोमपाल कामी र करिम जनतले १-१ विकेट लिए । अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्ने छ । फाइनल खेल शनिबार हुने छ ।
पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्ने छ ।
बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुने छ । यस खेल दिउँसो १:३० बजे सुरु हुने छ ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्ने छ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।