वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको घरको छतबाट खसेर मृत्यु

होमल्याण्ड खबर

२०७८ आश्विन २१ गते, बिहीबार ११:५९ मा प्रकाशित

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको घरको छतवाट खसेर मत्यु भएको छ । काठमाडौं ७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदीको आज विहान ९ वजे चौथो तलाको घरवाट खसेर मृत्यु भएको हो । प्रहरीले उनको निधन भएको पुष्टि गरेको छ ।

‘घरबाट खसेको खबर आएपछि वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको थियो, तर उनको निधन भएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।’ महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए ।