१० मंसिर २०८१, सोमबार
सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५÷५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५÷५ लाख र प्रशिक्षकहरुलाई ३÷३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
साफ च्याम्पियनसीपको फाइनलमा नेपाल पहिलो पटक पुगेको हो, फाइनलमा पुगेपनि नेपाल उपविजेतामा चित्त बुझाएको छ।