थपिए ५४९ संक्रमित, ६ को ज्यान गुम्यो

होमल्याण्ड खबर

२०७८ कार्तिक १२ गते, शुक्रबार १६:१९ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ। शुक्रबार ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार १५१ सक्रिय संक्रमित रहेका छन्।