राहदानी विभागमा अस्वाभाविक रूपमा बढ्यो पासपोर्ट बनाउनेको भीड

होमल्याण्ड खबर

२०७८ कार्तिक १४ गते, आईतवार ११:५५ मा प्रकाशित

राहदानी विभागमा अस्वाभाविक रूपमा पासपोर्ट बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ ।

गत शुक्रबार मात्रै आवेदनको संख्या झन्डै ३ हजार पुगेको छ । यसअघि दैनिक बढीमा ५ सय आवेदन पर्दै आएको थियो। दसैंलगत्तै दैनिक हजार हुँदै शुक्रबार अत्यधिक वृद्धि भएको हो।

वैदेशिक रोजगारीको अवसर र मार्ग दुवै खुलेकाले पनि राहदानी बनाउनेको भीड लागेको हो । अधिकांश डीभी भर्नका लागि पनि पासपोर्ट बनाउन आउने गरेका छन ।

अमेरिकाले डीभी भर्दा पासपोर्ट नम्बर अनिवार्य गरेको छ। अक्टोबर ६ बुधबार देखि नोभेम्बर ९ मंगलबारसम्म डिभी लोटरी भर्न सकिने छ ।