बारमा तालाबन्दी गर्न पुगेका अभियन्ता पक्राउ

होमल्याण्ड खबर

२०७८ कार्तिक २३ गते, मंगलवार १२:२५ मा प्रकाशित

नियमित कामकारबाही ठप्प बनाएर न्यायाधीश, वकिलहरु आन्दोलनमा उत्रिएर निवेदन समेत नलिएको भन्दै एशोसिएसनमा ताला लगाउन खोज्ने नागरिक अभियन्ता तारा बरालसहित ३ जना अभियान्तालाई बार परिसरबाट पक्राउ गरेको हो ।

उनीहरुले निषेधित क्षेत्रमा भीडभाड गराई आन्दोलन गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै बारमा न्यायाधीशहरुको आन्दोलन चलिरहेको छ ।