३ जेष्ठ २०८३, आईतवार
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सर्वोच्च अदालतकै न्यायाधीशहरुले बेन्च बहिष्कार गरेको भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ । हातमा प्ले कार्डसहित उपस्थित भएका केही व्यक्तिहरुले माइतीघरमण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर भन्दै बेन्च बहिष्कार अन्त्य हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले न्याय पाउने नागरिकको हकअधिकार बञ्चित गर्न नपाइने भन्दै विरोध जनाएका थिए ।


आज बिहान सर्वोच्च अदालत परिसरबाहिर केही सेवाग्राहीसहित अन्यले सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले प्रदर्शनमा रहेका केही मानिसलाई नियन्त्रणमा लिएको थियो ।