६० लाख डोज फाइजर खोप किन्‍‍न मन्त्रिपरिषद‍्बाट स्वीकृत

होमल्याण्ड खबर

२०७८ कार्तिक २३ गते, मंगलवार १६:१८ मा प्रकाशित

सरकारले बालबालिकाका लागि उपयोगमा आउने ६० लाख मात्रा फाइजर खोप खरिदका लागि स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप खरिदका लागि प्रस्ताव गरेको थियो । सरकारले १८ वर्षसम्मका बालबालिकाका लागि खोप उपलब्ध गराउन फाइजर खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो।