३ जेष्ठ २०८३, आईतवार
पछिल्लो २४ घण्टामा नेपालमा थप ३९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । ९ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ र १ हजार ९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा गरी ३९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४७९ पुगेको छ ।


यस्तै, पछिल्लो २४ घण्टामा ३८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९७ हजार ४४८ जना संक्रमणमुक्त भएका छन्
हाल देशभर ७ हजार ४९८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६ हजार ९४५ जना होम आइसोलेसनमा रहेका छन् भने ५५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये १९० जनाकाे आईसीयू र ५७ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।