रौतहटमा कार दुर्घटना, ४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ कार्तिक २८ गते, आईतवार १०:२२ मा प्रकाशित

रौतहटको यमुनामाई गाउँपालिका जुनखुनुवामा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८.२९०० कार शनिबार राति करिब १० बजेतिर दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा प्रहरीले भेटाएको थियो । दुर्घटना लगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरि उपचारको लागि जिल्ला अस्पताल गौरमा लगिएको थियो । तर अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।