३ जेष्ठ २०८३, आईतवार
मुस्ताङको थासाङमा हिउँ पहिरो गएको छ । आइताबार बिहान थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा हिउँ पहिरो गएको हो।
करिब ११ बजेर ४० मिनेटमा धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएको हो। धौलागिरिको पिकबाट हिउँ पग्लेर पहिरो खसेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।


पहिरो खस्दा भागेर ९ जना सामानय घाइते भएको शर्माले जानकारी दिए । उनले घाइतेलाई उपचारका लागि जोमसोम लैजाने तयारी गरेको बताए ।
हिउँ पहिरो गएको क्षेत्र चरन क्षेत्र भएकाले त्यहाँ चौरीलगायत केही जनावर हिउँ पहिरोमा परेको हुनसक्ने अनुमान छ।
हिउँ पहिरो आएको क्षेत्रमा नजान सूचना गरिएको र घटना स्थलमा प्रहरी खटाइएको उनले जानकारी दिए ।