आजदेखि जारी हुँदै ई–पासपोर्ट, यस्ता छन विशेषता

होमल्याण्ड खबर

२०७८ मंसिर १ गते, बुधबार १२:३९ मा प्रकाशित

राहदानी विभागले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्ने भएको छ । त्रिपुरेश्वरमा रहेको राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो । ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुने छन ।

विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ ।

पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ । मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउने छन । ई–पासपोर्टमा माइक्रो चिप्स हुन्छ । चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण सुरक्षित रहने बताईएको छ ।