१० मंसिर २०८१, सोमबार
आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।
नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन् । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एकएक विकेट लिए ।
यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन् । यस्तै, इन्दु बर्माले ३१ जोडेकी थिइन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एकएक विकेट हात पारे ।