३ जेष्ठ २०८३, आईतवार
काठमाडौंको सोह्रखुट्टे खुसीवुस्थित एक गोदाममा आगलागी भएको छ । आज दिउँसो करिब ३ बजेतिर चिनियाँ ब्ल्याङ्केटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणको लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल टोली खटिएका छन् । आगलागी कसरी लागेको भन्ने कारण र क्षतिको विवरण खुल्न बाँकी नै रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।