२ जेष्ठ २०८३, शनिबार
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिका आफ्ना साथीहरुसँग लुकामारी खेल्न गएकी थिइन् । सोही क्रममा अन्य साथीहरु खेलेर हिडेपछि उनलाई सुनसरी घर भएका १७ वर्षका किशोरले बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आइतबार साढे ७ बजेतिर रातोपुलमा रहेको गहुँबारीमा बालिबालाई बलात्कार पछि ती किशोर भागेका थिए । महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले बलात्कारमा संलग्न रहेका ती किशोरलाई सोमबार टिकाथलीबाट पक्राउ गरेको छ।


घटनाबारे महानगरीय प्रहरी वृत ठिमीले अनुसन्धान गरिरहेको छ ।