१० मंसिर २०८१, सोमबार
(यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुने छ ।
भूटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जीतको खोजीमा हुने छ। फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भूटानविरुद्धको खेल जित्नैपर्ने छ। जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ। नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६-० गोलअन्तरले पराजित गरेको थियो।
भूटानले तीन खेलबाट ३ अङ्क जोडेको छ। चौथो स्थानमा रहेको भूटानले पहिलो खेलमा श्रीलङ्कलाई ५-० गोलले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा बङ्गलादेशसँग भूटान ६-० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३-० गोलअन्तरले पराजित भएको थियो। भारत दुई खेलमा जित हासिल गर्दै ६ अङ्क जोडेर शीर्ष स्थानमा छ।
त्यस्तै समान दुई खेल खेलको बङ्गलादेश चार अङ्कका साथ दोस्रो स्थानमा छ भने पाँचौंमा स्थानमा रहेको श्रीलङ्का लगातार तीन खेलमा हार बेहोर्दै अङ्कविहीन छ। श्रीलङ्का उपाधि होडबाट बाहिरिएको छ। पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।