विद्युतको खपत बढाउन कुलमानको आग्रह

होमल्याण्ड खबर

२०७८ पुष ५ गते, सोमबार १२:२० मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढाउन आग्रह गरेका छन् ।

भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालबाट लोडसेडिङको अन्त्य गर्न अनैकौ चुनौति सामना स्मरण गरेको बताउँदै उनले अहिलेको अवस्थामा विद्युतको खपत बढाउने कुरा चुनौतीपूर्ण रहेको बताएका छन्।

उनले आफू एक्लैको प्रयासले नभई समूहका सबैको सहकार्य र परिश्रमले नेपालमा लोडसेडिङको अन्त्य गर्न सम्भव भएको उनको भनाइ छ।