पछिल्लो २४ घण्टामा २६० मा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७८ पुष ९ गते, शुक्रबार १५:३१ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६० जनाको पीसीआर परीक्षणमा २ सय ३७ र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण २३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ सय ४९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।