निर्माण कार्यमा भूकम्प प्रतिरोधी मापदण्ड अपनाउन गृहमन्त्री खाँडको आग्रह

होमल्याण्ड खबर

२०७८ पुष १४ गते, बुधबार १६:१० मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण भेगमा भवन निर्माण तिव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह गरेका छन् ।

बुधबार २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामिण भेगमा पनि भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताए ।

गृहमन्त्री खाँणले यस वर्षको २४ औँ भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रम भन्दापनि सन्देशमूलक कार्यक्रमको रुपमा मनाउन निर्देशन दिएका छन् ।