२ जेष्ठ २०८३, शनिबार
बाँके जिल्लाको भेरी अस्पतालको ‘स्टोर रुम’मा ४ जना मृत भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगी २४ वर्षीय धनप्रसाद भट्टराईसहित ४ जना मृत भेटिएको प्रहरीले जनाएको छ ।
उक्त कोठामा भट्टराईको सात जना परिवार सुतेका थिए । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।