डाइभर्सन भत्किँदा कावासाेतीमा राजमार्ग अवरुद्ध

होमल्याण्ड खबर

२०७८ पुष १५ गते, बिहीबार ११:०७ मा प्रकाशित

बुधबार बिहानदेखि अवरुद्ध पूर्व पश्चिम राजमार्ग अझै सन्चालनमा आउन सकेकाे छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा राजमार्ग सन्चालनमा आउन नसकेकाे हाे ।

सडक बिस्तारका क्रममा बनाइएकाे डाइभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

राजमार्ग खुलाउने काम भइरहे पनि वर्षाले माटाे भिज्दा निकै समस्या भइरहेकाे प्रहरी निरीक्षक सागर पन्तले बताए । राजमार्ग अवरुद्ध भएसँगै ठूला तथा मालबाहक सवारी साधन राेकिएका छन् भने साना सवारी साधन वैकल्पिक बाटाे प्रयाेग गरी आवतजावत गरिरहेका छन् ।