२६ श्रावण २०८३, मंगलवार
नेपालमा थप २४१ जनामा कोरोना संक्रमण भएको छ। देशभरि ८८९७ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २३५ र एन्टिजेनबाट ६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २२८ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४८७१ रहेको छ। त्यस्तै एकैदिन ५६ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

