९ मंसिर २०८१, आईतवार
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ । कम्पनीले आजीवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने व्यवस्था गरेको हो ।
यो अफर जनवरी १ देखि २०२२ को अन्तिम डिसेम्बर महिनासम्मको लागि रहेको बैंकले जनाएको छ । यो सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सकिन्छ
कम्पनीले आफ्ना हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाहरुलाई आफ्नो डिम्याट खाताको योजना पुषको २६ गतेदेखि लागू गरेको हो । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकैपटक ३ हजार रुपैयाँ भुक्तानी गरी आजीवन नवीकरण गरेका थिए । तर यो नयाँ वर्ष २०२२ बाट ९७८ रुपैयाँ छुटसहित २ हजार २२ रुपैयाँमा आजीवन नवीकरण गर्न मिल्ने नयाँ योजना कम्पनीले सार्वजनिक गरेको हो ।
यसका साथै आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नका लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ भने नवीकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew गई अनलाइनबाट नै भुक्तानी गर्न सकिन्छ ।
यो सुविधा अन्तर्गत विदेशमा रहेका वा खाता नवीकरण गर्न असमर्थ भएका लगानीकर्ताहरूले एकैपटक र एकमुष्ट रकम जम्मा गरी आजीवन नवीकरणको झन्झटबाट मुक्त हुन सक्नेछन् ।