२ जेष्ठ २०८३, शनिबार
नेपालमा साताको चार दिनमा नै कोरोना संक्रमितको संख्या उच्च देखिएको छ । बुधबार पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । मंगलबार ३९३ जना नयाँ संक्रमित थपिएका थिए ।
आइतबार २१६ जना नयाँ संक्रमित थपिएका थिए भने सोमबार ३२६ जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।


हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५, २२५ रहेको छ । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ भने कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । मंगलबार भने तीन जनाको मृत्यु भएको थियो । गत सोमबार ३२६ जना नयाँ संक्रमित थपिएका थिए ।