नेपालमा पनि थप २४ जनामा ओमिक्रोन पुष्टि

होमल्याण्ड खबर

२०७८ पुष २३ गते, शुक्रबार १३:५५ मा प्रकाशित

नेपालमा थप २४ जनाको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ ।

पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट १ हजार १४६ वटा नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो । सो नमूनाहरुमध्ये २५० वटामा एस जिन नेगेटिभ देखिएको थियो ।

No description available.