२ जेष्ठ २०८३, शनिबार
उपत्यकामा कोरोना संक्रमितको संख्या बढदै गएपछि भक्तपुरका सीडीओले बोलाएको सर्वपक्षीय बैठक जारी छ । जिल्लामा कोरोना संक्रमण दर बढ्न थालेपछि त्यसबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाइएको हो ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लेखाजोखा न्युजलाई दिएको जानकारी अनुसार सर्वपक्षीय बैठकबाट जिल्लामा कोरोना संक्रमणलाई नियन्त्रण गर्न अपनाउनु पर्ने सावधानीकाबारेमा छलफल हुनेछ ।


ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने सर्वपक्षीय बैठक बस्नेबारे तत्काल कुनै छलफल नभएको बताएका छन् ।