दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु, ९ जना घाइते

होमल्याण्ड खबर

२०७८ पुष २६ गते, सोमबार १२:०८ मा प्रकाशित

दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएको छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो ।

देउखुरी नजिक पर्ने राप्ती गाउँपालिका ५ सिसहनियाँमा बस पल्टिँदा भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका शिशुलाई उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइते सबै लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान साढे ३ बजे बस दुर्घटनामा परेको हो ।