२ जेष्ठ २०८३, शनिबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माणका महान नायक मान्नुपर्ने बताएका छन् ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाली हुँ भन्नेले पृथ्वीनारायण शाहलाई बिर्सन नहुने बताए । उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको बताए ।


मन्त्री आलेले पृथ्वीनारायणले दिव्योपदेशमा व्यक्त गरेका विचारलाई ग्रहण गर्न अप्ठ्यारो मान्नु नहुने बताए । आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको उनको भनाइ छ ।