कोरोना बढेपछि उपत्यकाका सीडीओहरू भर्चुअल छलफल गर्दै

होमल्याण्ड खबर

२०७८ पुष २७ गते, मंगलवार १२:३० मा प्रकाशित

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्दैछन् । मंगलबार दिउँसो उनीहरूले भर्चुअल छलफल गर्न लागेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण भएपछि सीडीओहरूले भर्चुअल छलफल गर्न लागेका हुन् ।

कोभिड–१९ महामारीको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेपछि यसको रोकथाम र नियन्त्रणका सम्बन्धमा उनीहरूले परामर्श गर्न लागेका हुन् । ‘हामी परामर्श गर्दैछौं। साँझसम्म एउटा निर्णय आउँछ’, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने।