२ जेष्ठ २०८३, शनिबार
जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थानमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।
प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

