पछिल्लो २४ घण्टामा थप २४४४ जनामा देखियो संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७८ पुष २७ गते, मंगलवार १६:३२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३३ जनामा परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन् ।

अहिले देशरभ संक्रिय संक्रमितको सङ्ख्या ९ हजार ५ सय २२ रहेको छ। २४ घण्टामा संक्रमण भएका एक जनाको मृत्यु भएको छ ।