२ जेष्ठ २०८३, शनिबार
अति आवश्यक काम परेमात्र विदेश यात्रा गर्न सरकारले आग्रह गरेको छ। कोभिड संक्रमण विश्वभर नै बढ्दो क्रममा रहेकाले संक्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न पनि अध्यागमन विभागले सचेत गराएको छ।
बुधबार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएका मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ।’


सरकारले ओमिक्रोनको संक्रमण सुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन गत १६ मंसिरबाटै रोक लगाएको छ। विभागले यो रोकलाई निरन्तरता दिएको छ।