सिनेमाहल लगायतका मनोरञ्जन क्षेत्र माघ १५ सम्म बन्द

होमल्याण्ड खबर

२०७८ माघ २ गते, आईतवार १६:११ मा प्रकाशित

कोरोना संक्रमण अत्यधिक रूपमा बढिरहेको भन्दै सरकारले माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

ओमिक्रोनसहित कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको कार्कीले बताए ।