आज नेप्सेमा २०.६४ अंकको वृद्धि

होमल्याण्ड खबर

२०७८ माघ ३ गते, सोमबार १६:०४ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से २०.६४ अंकले बढेर दुई हजार ९ सय ४७ दशमलब ३८ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा भने घटेको छ । आज ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको छ । आइतबार ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ४५८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ४४ करोड ५४ लाख भन्दा बढीको कारोबार भएको छ ।