पछिल्लो २४ घण्टामा थप११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७८ माघ ५ गते, बुधबार १६:३१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ पीसीआर परीक्षणमा ९ हजार ५०२  जनामा र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० नमुनामा कोरोना पुष्टि भएको हो।

यसरी कुल २३ हजार ४०९ परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमणमुक्त भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ।