२ जेष्ठ २०८३, शनिबार
नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ ।


देशका विभिन्न प्रयोगशालामा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् । हाल देशमा ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।