पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७८ माघ ९ गते, आईतवार १६:३३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जनाको मृत्यु भएको छ ।