२ जेष्ठ २०८३, शनिबार
ललितपुर महानगरपालिकाले सोमवारबाट अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।
महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसमेत संक्रमित भएकाले माघ १५ गते ९पाँच दिन०सम्मका लागि सेवाहरू बन्द गरिएको हो । महानगरपालिकाका अनुसार स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स, सरसफाइ, नगर प्रहरीलगायतका सेवाहरू भने रोकिने छैनन् ।


अधिकांश कर्मचारी संक्रमित भएकाले नियमित सेवा प्रवाहमा समस्या भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्नेसमेत स्थिति नरहेकाले बन्द गर्ने निर्णय भएको महानगरको भनाइ छ ।