सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान अन्तर्गत चौथो दिन चन्द्रागिरि ११ सतुगंल चोकमा कार्यक्रम गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ चौथो दिन संतुगल चोकमा कार्यक्रम गरिएको हो ।
प्रहरी बृत थानकोट र थानकोट जेसीजले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबार माघ ८ देखि सो अभियान सुरु गरेको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष देवेन्द्र महर्जनले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान फलदायी हुने विश्वास व्यक्त गरे । उनले कोरोना महामारीमा स्थानिय सरकारको भुमिका सकृय हुनु पर्ने र आम नागरिकको स्वास्थ्यमा गम्भ्रिर भएर लाग्नु पर्ने बताए ।


वडा नम्वर १० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जले आफ्नो टोल समुदायमा जनचेतना मूलक अभियान सञ्चालन गरेकोमा थानकोट जेसीज र प्रहरीलाई धन्यवाद व्यक्त गरे । उनले अभियान निकै प्रभावकारी र आम जनमानसमा मास्क लगाउनु पर्छ र समाजिक दुरी कायम गर्न सकिए कोरोनाबाट बच्न सकिन्छ भने सन्देश गएको बताए ।
कार्यक्रममा थानकोट जेसीजका अध्यक्ष रोसन दानीले थानकोट जेसीजको साता व्यापी कार्यक्रमलाई साथ सहयोग प्रदान गर्ने सवैलाई धन्यवाद व्यक्त गर्दे समुदायमा पर्ने हरेक समस्यामा थानकोट जेसीजले गर्नु पर्ने हरेक दायित्व लिन तयार रहेको बताए ।
कार्यक्रमा महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी नायव निरीक्षक केशव खड्का, थानकोट जेसीजका संस्थापक अध्यक्ष नन्ददास अमात्य, पुर्व अध्यक्षहरु सलिम श्रेष्ठ,पेशल कुमार खतिवडा,मनोज श्रेष्ठ लगायत वोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्रका नगर इन्चार्ज मधुसुधन शर्मा १५ नम्वर वडाका वडा सदस्यहरु कृपाल खड्का,वडा सदस्य श्रुति मालि,महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी नायव निरीक्षक केशव खड्का, महानगरीय प्रहरी प्रभाग नैकापका प्रहरी सहायक निरीक्षक प्रेम आचार्य, थानकोट जेसीजका पुर्व अध्यक्ष पेशल कुमार खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई तीनथाना चोकमाकरिव ८ सय मास्क वितरण गरिएको थियो । अभियान नागढुङ्गा, गुर्जुधारा, दहचोक, लगायतका क्षेत्रमा माघ ११ गते सम्म सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ ।
तस्विरहरु हेर्नुहोस





