डा. बाबुराम भट्टराई दोस्रोपटक कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७८ माघ १२ गते, बुधबार १६:३४ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

डा. भट्टराईले आफूनिकट सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सतर्कता अपनाउॅदा अपनाउॅदै पनि मलाई दोश्रो पटक कोरोनाको संक्रमण भएको छ ! केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला ! लक्षण सामान्य छ ! केही दिन आइसोलेसनमा रहनेछु ! असुविधाकोनिम्ति क्षमा चाहन्छु।’