कानुनमन्त्री दिलेन्द्र बडुलाई कोरोना

होमल्याण्ड खबर

२०७८ माघ १३ गते, बिहीबार १०:३४ मा प्रकाशित

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री बडुलाई संक्रमण पुष्टि भएको हो ।

बुधबार पिसीआर परीक्षण गर्दा बडुमा संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ । संक्रमण देखिएसँगै उनी आइसोलेसनमा रहने सचिवालयको भनाई छ ।