पछिल्लो २४ घण्टामा थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

होमल्याण्ड खबर

२०७८ माघ १४ गते, शुक्रबार १६:१९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो ।

मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो ।