२ जेष्ठ २०८३, शनिबार
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए । कोरोना संक्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

